सेनाको सुरक्षाबाट बाहिरिए ओली

सेनाको सुरक्षाबाट बाहिरिए ओली

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनपछि सत्ताबाट फालिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन्।

शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली बिहीबार बाहिर निस्किएका हुन्। हाल उनी भक्तपुरको गुन्डु क्षेत्रमा घर भाडाको लिएको बसेको बताइएको छ ।

भदौ २३ गतेदेखि प्रदर्शनमा उत्रिएका जेनजीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेका कारण पहिलो दिनमै १९ जनाको मृत्यु भएपछि प्रदर्शन देशभर उग्र भएको थियो । पहिलो दिन नै हिंसात्मक मोडमा परिणत भएको प्रदर्शनकाे दोस्रो दिनमा आन्दोलनकारी सरकारविरुद्ध खनिए, सरकारी सम्पत्ति र नेताहरूको घरमा तोडफोड गरेपछि उनी राजीनामा दिएर सुरक्षा निकायको शरणमा पुगेका थिए ।

Logo