काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले जेनजी विद्रोह हुने परिस्थितिसम्मको कमजोरी र नालायकीप्रति माफी मागेका छन् ।
भिडियाे सन्देशमार्फत नेता नेम्वाङले भनेका छन्, ‘यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला। यदि रह्यो भने मेरो भागमा कति पर्छ कुन्नि? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु । गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ। जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो।’
जेनजी विद्रोपछिको आवेग र सम्भावित प्रतिशोधको वातावरणप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित र जिम्मेवार बन्न पनि उनकाे आग्रह छ । जेनजीहरू आफ्नै सन्तानहरू भएकाले उनीहरूको भावनालाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्न नसक्ने पनि उनले बताएका छन् ।





























प्रतिक्रिया