सुदन गुरुङले गगन थापासँगको भेटमा के भने ?

सुदन गुरुङले गगन थापासँगको भेटमा के भने ?

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले बुढा नेताहरूलाई अझै पनि अगाडि आउन नदिन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आग्रह गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा संविधान दिवसका अवसरमा आयाेजना गरेको कार्यक्रममा पुगेका गुरुङले महामन्त्री थापालाई भेटेर यस्ताे सुझाव दिएका हुन् । शनिबार भिडिओ विज्ञप्ति जारी गर्दै भेटबारे भन‍ेका छन्, ‘मैले गगन दाइलाई नि भेटेँ, र भनें- यस्तो तालले भएन दाइ। तपाईंहरू के के गर्ने हो गर्नु। यी बुढाहरू यसरी आउन भएन।’

संविधान खारेज गर्दा राष्ट्रपति पनि नरहने र देश अभिभावकविहीन हुने भएर आफूहरुले संविधान बचाउन तर्फ लागेको समेत उनको भनाइ छ।

समारोहमा पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत तथा कूटनीतिकज्ञहरू, नागरिक अगुवालगायत उपस्थित थिए।

Logo