काठमाडौं । जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि बनेको अन्तरिम मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाएका कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमाथि राजीनामाको दबाब बढाएका छन् ।
तर शाक्यले इन्कार गरेका छन् । आइतबार ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री कुलमान घिसिङ तथा मन्त्रालयका सचिव र सहसचिवलाई प्राधिकरणबारे जानकारी गराएर फर्किएका उनले राजीनामाको मुडमा आफू नरहेको बताएका हुन् । भेटमा कसैले पनि आफूलाई राजीनामा दिन नभनेको तथा राजीनामाको कुनै आवश्यकता नै नरहेको उनको भनाइ छ ।
यसअघि दुई कार्यकाल प्राधिकरणको कार्यकारी निर्देशकमा भूमिका निर्वाह गरेका घिसिङलाई ६ महिना अगाडि चैत ११ गते तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काको सिफारिसमा सरकारबाट हटाइएका थिए र शाक्य आएका थिए । तर अहिले घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बनेसँगै शाक्यमाथि दबाब बढाएका हुन् ।





























प्रतिक्रिया