अध्यक्ष प्रचण्डकाे प्रस्ताव‍- केन्द्रीय समिति भंग गर्ने, मंसिरमै विशेष महाधिवेशनमा जाने

अध्यक्ष प्रचण्डकाे प्रस्ताव‍- केन्द्रीय समिति भंग गर्ने, मंसिरमै विशेष महाधिवेशनमा जाने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् ।

अहिले पेरिसडाँडामा बसिरहेकाे माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर नयाँ संरचना बनाउने गरी प्रस्ताव राखेका हुन् । केन्द्रीय कमिटी, प्रदेश जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अघि बढाउने उनकाे भनाइ छ ।

जेनजी आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गर्न पहिलाेपटक माओवादीले पदाधिकारी बैठक बसेकाे हो । आन्दोलनपछि माओवादीभित्र पुन: नेतृत्व रुपान्तरणको बहस चर्किन थालेको छ ।

Skip This
Skip This
Logo