काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समय पछि सरेको छ ।
यसअघि शीतल निवासमा दिउँसो २ बजेलाई तय गरिएको शपथ कार्यक्रम अब एक घण्टा सारेर ३ बजे हुने भएको हो । स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्राको नाम ‘होल्ड’मा राख्नु परेपछि शपथग्रहण समय केही सरेको हो ।
अब वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्य पुनः संरचना समितिका संयोजक मदन परियारले मन्त्रीको सपथ लिनेछन् ।































प्रतिक्रिया