काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।
सपथपछि पदभार ग्रहण गर्न पुगेका खरेलले ५ महिनाभित्र काठमाडाैं बाहिरका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका हुन् । यसअघि सञ्चार सचिव राधिका अर्यालले ल्याएको प्रस्तावमा मन्त्री खरेलले हस्ताक्षर गर्न अस्विकार गर्दै अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए । र नयाँ निर्णयमा उनले हस्ताक्षर गरेका हुन् ।





























प्रतिक्रिया