शिक्षामन्त्रीलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’: विज्ञान, प्रविधिमा जोड

शिक्षामन्त्रीलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’: विज्ञान, प्रविधिमा जोड

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा ‘ब्रिफिङ’ लिएका छन्।

केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हालेका मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनी लगायत महाशाखा प्रमुख र मातहत निकायका कामबारे जानकारी लिएका हुन् ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार उनले विज्ञान र प्रविधि क्षेत्रमा स्रोतसाधन वृद्धि गरी विद्यालयस्तर देखि कम्प्युटर शिक्षालाई महत्त्व दिन निर्देशन दिए ।

मन्त्री पुनले पद बहालीका क्रममा विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चारवटा सल्लाहकार समिति गठनको कार्यादेश समावेश गरिएको प्रस्तावलाई स्वीकृत गरेका थिए।

Logo