जेन-जी आन्दोलनः शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी

जेन-जी आन्दोलनः शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रमुख दलका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ ।

गएको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको दमनमा संलग्न र भ्रष्टाचारबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग गठन गरेलगत्तै गृहमन्त्रालयले यसमा मुछिएका नेताहरुको पासपोर्ट रोक्का गर्ने तयारी गरेको हो । यसमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणालगायत निशानामा रहेको बताइएको छ ।

Logo