अनलाइन सञ्चारमाध्यमहरुको दर्ता सूचना विभागबाटै हुने

अनलाइन सञ्चारमाध्यमहरुको दर्ता सूचना विभागबाटै हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अब देखी अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने सरकारले बताएको छ । अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय भएको सुचना तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले बताए।

‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री खरेलले भने ।

यसको मतलब अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन । पूर्ववत् रुपमा सूचना विभागबाट नै यथावत् रुपमा गर्न सकिने सञ्चारमन्त्री खरेलले बताए ।

यसअघि सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ को व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था गरेको थियो । यसको विरोधमा विभिन्न प्रेस संघ संघठनहरुले विरोध समेत गर्दै आएका थिए।

Skip This
Skip This
Logo