ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताएकी छन्।

४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण हाम्रो देश पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको बताइन्।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ, सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल ‘रिकभरी’ सुरु भइसकेको छ ।”

Skip This
Skip This
Logo