प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, प्रमुखमा खनाल

प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, प्रमुखमा खनाल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शुसिला कार्कीको सल्लाहकारमा २ जना लाई नियुक्त गर्ने निर्णय गरेको छ । अजयभद्र खनाललाई प्रमुख सल्लाहकार र गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकारमा कार्कीले नियुक्त गरेकी हुन्। सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले बैठकपछि जानकारी दिँदै दुवै सल्लाहकार नियुक्ति सम्बन्धी प्रस्ताव स्वीकृत भएको बताए । यससँगै प्रधानमन्त्री कार्कीको सल्लाहकार टिममा खनाल र तिमल्सिनाको औपचारिक प्रवेश भएको छ ।

Logo