प्रदेश प्रमुख मियाँद्वारा बडादसैँको शुभकामना व्यक्त

प्रदेश प्रमुख मियाँद्वारा बडादसैँको शुभकामना व्यक्त

केन्द्रबिन्दु
9
Shares

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन्।

आज जारी गरेको शुभकामना सन्देशमा उनले मुलुकमा दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न बडादसैँजस्ता चाडबाट मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

साथै उहाँले देशको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, र पारस्परिक सहयोगको भावनालाई बलियो बनाउन यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

Logo