महेश बस्नेतकाे चुनौती- मलाई समातेर देखाउनुस्

महेश बस्नेतकाे चुनौती- मलाई समातेर देखाउनुस्

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले भने, ‘मलाई समातेर देखाउनुस्। विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन। जेन जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरुलाई कारबाहीको दायरामा ल्याओस् ।’

एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै उनले यस्ताे बताएका हुन् ।

Logo