माओबादी द्धन्द्धमा नभएको क्षती जेन जी आन्दोलनमा भयो : महासचिव पोख्रेल

माओबादी द्धन्द्धमा नभएको क्षती जेन जी आन्दोलनमा भयो : महासचिव पोख्रेल

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। एमालेका महासचिव शंकर पोखरेलले माओवादीको जनयुद्दमा नभएको क्षती जेन जी आन्दोलनमा भएको बताएका छन् ।आज भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा उल्लेख्य मात्रामा क्षति पुर्‍याउने काम भए पनि १० वर्षको अवधिमा उक्त क्षति नभएको बताए।

‘१० वर्षमा जति क्षति पुर्‍याइयो, २४ गतेका दिन त्योभन्दा कयौं गुणा क्षति नेपालमा पुर्‍याइएको छ,’ उनले भने। उनले सरकारले राजनीतिक दलहरुलाई साइड लगाएर असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको जस्तै चुनाव गर्न खोजेको आरोप लगाएका छन् । ‘जबर्जस्ती गरिने चुनाव असोज १८ पछि पूर्व जाराले गरेको नाटक जस्तै हुन्छ’ उनले भक्तपुरमा आयोजित एमालेको कार्यक्रममा उनले भने,’ जबसम्म राजनीतिक वातावरण बन्दैन तबसम्म चुनाव भयो भयो त्यसले मान्यता पाउँदैन ।’

उनले चुनावका लागि सबैभन्दा पहिलो जिम्मेवारी शान्ति सुरक्षाको वातवरण बनाउनुपर्ने बताए । ‘प्रहरीले शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा निलँदासम्म चुनाव हुन सक्दैन’ उनले भने,’ चुनावका लागि सुरक्षा निकायको मनोबल उठाउनु पर्छ अनि दलहरु दलहरुको विश्वास जित्नुपर्छ ।’

सरकारले भूमिगत गिरोहलाई ल्याउन राजनीतिक दललाई साइड लगाएर ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोज्दैछ,उनले भने । त्यस्तै उनले षड्यन्त्रकारीले षड्यन्त्रपूर्वक सत्ताबाट हटाए पनि पार्टी जनताको हृदयमा रहेको बताए। पोखरेलले पार्टीले लिएका नीति र गरेका कामले एमाले जनताको हृदयमा बसेको जिकिर गरे।

‘अहिले सरकारबाट बाहिरिएका छौं। तर जनताको हृदयमा अहिले पनि नेकपा एमाले छ। कसैले पनि नेकपा एमालेलाई जनताको हृदयबाट अलग गर्न सक्दैन। कुनै षड्यन्त्रकारीको षड्यन्त्रले होला सरकारबाट हामी हट्नु पर्‍यो। हामीले गरेका कामहरूका कारणले जनताको मनमष्तिस्कमा हामी जनताको हृदयमा बसेका छौं,’ उनले भने। पृथ्वी नारायण शाहका पालामा सत्रु राज्यमाथि विजय हासिल हुँदासमेत जीवित रहेका सम्पदा गत भदौ २४ गतेको प्रदर्शनमा आक्रमण गरिएको उनले बताए।

‘सत्रु राज्यमाथि विजय हासिल गर्दा स्वाभाविक रूपमा आवेश र उत्तेजना हुनसक्छन्, त्यतिबेला पनि हाम्रा सम्पदा जीवित रहेको इतिहास छ। मुक्ति सेनाले राणा शासनविरूद्ध लड्दा पनि सम्पदाहरूमा क्षति पुर्‍याइएन, हामीले देखेको कुरा हो, सशस्त्र आन्दोलनमा पनि यस्तो तोडफोड, आगजनी भएन,’ उनले भने।

नेपाली जनताले यो अपराधका लागि दण्डित गर्ने उनको जिकिर छ। सार्वजानिक तथा निजी सम्पती ध्वस्त पार्नेहरुलाई कारबाही हुनुपर्ने भन्दै उनले कारबाहीको थालनी एमाले पार्टीले गर्ने समेत बताए ।

Skip This
Skip This
Logo