मन्त्री महावीर पुनका पाँच निर्णय : सीटीईभीटीको पुर्नसंरचना देखी क्यान्सरको औषधी उत्पादन सम्म

मन्त्री महावीर पुनका पाँच निर्णय : सीटीईभीटीको पुर्नसंरचना देखी क्यान्सरको औषधी उत्पादन सम्म

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विभिन्न ५ वटा महत्वपूर्ण निर्णय गरेका छन् ।

मन्त्रालयको जानकारी अनुसार क्यान्सर अस्पतालहरूमा उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधि उत्पादन नेपालमै गर्न आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाइने भएको हो ।

शिक्षामन्त्री पुनले बिहीबार गरेको निर्णयमा भनिएको छ, ‘नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (रेडियो आइसोटप्स) औषधिहरूको उत्पादन नेपालमै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधि उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने ।’

उनले सीटीईभीटीको पुनर्संरचना गरेर त्यहाँबाट सक्षम जनशक्ति उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने, नास्टमा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमूलक बनाउन, प्रतिभाशाली नेपालीहरूलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुनर्संरचना गर्न कार्यदल तुरुन्त बनाउने निर्णय भएको जानकारी दिएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेस गरेको प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने, संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरूको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ति गर्ने निर्णय भएको समेत जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo