शीतल निवासमा राष्ट्रपतिसँग जेनजीको वार्ता सुरु

शीतल निवासमा राष्ट्रपतिसँग जेनजीको वार्ता सुरु

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेन जी समुहहरुको छलफल शितल निवासमा शुरु भएको छ। केही ढीला गरी वार्ता सुरु भएको हो। आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधि पुगेपछि शीतल निवासमा वार्ता सुरु गरिएको हो । बैठकमा सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेको छ । २० भन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजीले बताए । वार्तामा जेनजीका मागबारेमा छलफल हुनेछ ।

Skip This
Skip This
Logo