काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल आज बिहान डिस्चार्ज भएका हुन् ।
उनी अस्पताल भर्ना भएपछि शनिबार विहान जेनजीसँगको छलफल नै स्थगित भएको थियो । अब सोमबारका लागि बैठक बोलाइएको छ ।





























प्रतिक्रिया