काठमाडौं । सुन तस्करी प्रकरणका आरोपी पूर्वसभामुख कृष्णबहादुर महरामाथि आजबाट काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ ।
आइतबार पक्राउ परेका महराविरुद्ध सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् ।































प्रतिक्रिया