काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफूमाथि सांघातिक हमला भएको बताएका छन् ।
आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका सभापति देउवाले मंगलबार सानेपामा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । तर वैचारिक अडान लिने व्यक्तिको जीवनमा आरोह, अवरोह आइरहने भएकाले यसलाई आफूले सामान्य रूपमा लिएको उनको भनाइ थियो ।
‘ममाथि ज्यान लिने गरी हमला भयो। सुरक्षाकर्मीले उद्धार गर्नुभयो’ उनले भने,’वैचारिक अडान लिने व्यक्तिको जीवनमा आरोह, अवरोह आइरहन्छ, यसलाई मैले सहज रूपमा लिएको छु ।’
साथै सभापति देउवाले धेरैले आफूलाई पटकपटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका थिए ।































प्रतिक्रिया