प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त भएका छन् । रावल नेपालखबरका सम्पादक हुन् ।

उनले यसअघि कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरिसको छन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक तहको अध्ययन गरेका छन् ।

रावल प्रधानमन्त्रीको प्रेस संयोजक भएसंगै नेपालखबरको सम्पादकबाट नियुक्त बिदा लिएका छन् ।

Logo