काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी पार्टीलाई एमालेमै समाहित हुन आग्रह गरेका छन् । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले भने ’पार्टी विभाजन गर्ने गराउनेहरू एमाले फर्किए हुन्छ, कतिपय एकीकृत समाजवादीका साथीहरू कहाँ बास पाइन्छ भनेर अरूको बलेसी खोज्दै हुनुहुन्छ। एमाले नै ठूलो घर छ। यहीँ आए हुन्छ।’ कटाक्ष गरे ।
यस्तै ओलीले आफ्नो पार्टी अरुजस्तो ‘चटके’ र सिमलको भुवाजस्तो उडन्ते नभएको बताए। उनले भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछिका विकसित राजनीतिक घटनाक्रमका बारेमा बोल्दै संसद पुर्नस्थापना हुनुपर्ने धारणा राखे । देशका सबै दल, नागरिक समाज र आमनागरिकलाई यो प्रतिगमनविरूद्ध लाग्न, संविधान र लोकतन्त्रका पक्षमा उभिन र प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हिँड्न आह्वान गरे ।
ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले एकमनाका साथ अघि बढ्नुपर्ने भन्दै सचिवालय बैठकले पार्टीलाई एकताबद्ध गरेको र केन्द्रीय कमिटीले पनि सोही भावनाअनुसार एकताबद्ध बनाउने उनको भनाइ थियो।
भदौ २३ र २४ को आन्दोलन प्रतिक्रान्ति हो, प्रतिगमन हो। यसलाई रोक्न एमाले पङ्ति तयार हुनुपर्छ। जेनजी पुस्ताको माग भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल खोल्नुपर्छ भन्ने थियो। भदौ २३ गतेदेखि नै जेनजी पुस्ताबाट अरूले नै आन्दोलन खोसिसकेका थिए । उनले भने ’एमालेलाई सरकारमा जान नदिन विगतमा पनि धेरै प्रयास भएका थिए,एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम कसैले नपाले हुन्छ।’ एमालेलाई पहिले पनि अनुचित ढंगबाट सरकारबाट हटाइएको थियो, फेरि तीन वर्षमै एमाले सरकारमा आएको हो।’
यस्तै ओलीले देश, सिंहदरबार जलाउने, लुटपाटमा लाग्ने र विभिन्न सामान चोर्नेहरूले देश नबनाउने भन्दै हिजो दुई तिहाइ सरकारले गरेको संसद विघटन असंवैधानिक भन्नेहरू अहिले असंवैधानिक सरकारले विघटन गरेको प्रतिनिधि सभामा लतारिएको आरोप लगाए ।
हिजो दुई तिहाइ सरकारले गरेको संसद विघटन असंवैधानिक भन्नेहरू अहिले असंवैधानिक सरकारले विघटन गरेको प्रतिनिधि सभामा लतारिएका छन्। कतिपय बौद्धिकहरुले केपी ओली सुध्रने छाँट नै छैन भन्छन्। केपी ओली कहिल्यै बिग्रेको भए पो सुध्रनु। आँफैको बचाउ गरे ।
कतिपय आफूलाई विद्वान भन्नेहरूले ओलीले नेतृत्व छाड्नुपर्छ भनिरहेका छन्, फेसबुकमा लेखिरहेका छन्। फेसबुकमा भनेर मैले राजीनामा दिने होइन। यो पार्टी कमिटीले आदेश दियो भने आँफु नेतृत्वमा नबस्ने समेत ओलीले बताए ।
’ कतिपयले केपी ओलीलाई अब बोकेर जान सकिँदैन भनेका छन्। किन बोक्नुपर्यो? म हिड्न सक्दिनँ र? दौडिन सक्छु।’ ओलीको भनाई थियो ।
आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न उनले प्रस्ताव गरेका छन् । मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रुपमा टुंगो लगाउने छ ।































प्रतिक्रिया