काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समृद्धि, सुशासनको आधारस्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा भएको बताएका छन् ।
७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले अभाव, प्रभाव र दबाबका बावजुद बिभिन्न कालखण्डमा नेपा प्रहरीले निभाएको भूमिकाको प्रशंसा गरे । गत २३ र २४ भदौमा भएको घटनामा प्रहरीका जवानहरू मृत्यु भएको प्रति दुःख व्यक्त गरे । उनले जेन जी आन्दोलनमा भएका क्षतिले केवल नेपाल प्रहरीलाई मात्र नभई समस्त नागरिक जीवनलाई समेत प्रभाव पारेको बताए ।
अर्यालले भने, ‘पछिल्लो समय प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् ।
जसले गर्दा अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएका छन् ।’ साधन स्रोतले प्रहरीलाई सक्षम बनाउन मन्त्रालय सदैव तत्पर रहेको जिकिर समेत गरे।































प्रतिक्रिया