प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको सवालको जवाफ दिएका छन्। यस क्रममा आफ्नो भनाई दरिलो बनाउन प्रधानमन्त्री ओलीले केही उखान र किस्साहरु ब्यक्त गरे । ति किस्साहरु सुनेर सांसदहरु मुसुमुसु मुस्कुराईरहेका थिए ।
संसदमा जवाफ दिंदै प्रधानमन्त्री ओलीले भने- ‘सरकार कानुनबमोजिम चल्छ र कानुन बमोजिम चलाउँछ ।’ दुनियाँलाई दुःख दिए मात्र विरोध हुने नत्र नहुने भन्नु गलत प्रवृति भएको बताउंदै प्रधानमन्त्री ओलीले भने- ‘कानुन सरकारलाई मात्र लागु हुने, अरुलाई लागू नहुने हुनुहुदैँन ।’
तानाशाहीमा लोकतन्त्र फस्टाउन नसक्ने बताउदै ओलीले देशमा रेल कुदाएरै छाड्ने प्रतिवद्वता व्यक्त गरे। त्यस्तै प्रधानमन्त्री ओलीले पुनर्निर्माण गतिशून्य रहेको अवस्थालाई सरकाले गति दिएको दाबी गरे । भूकम्पले बिग्रिएको गद्दी बैठक पुनर्निर्माण भएको र धरहरा पुनर्निर्माणको काम पनि तत्काल शुरु हुने बताए ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणको नेतृत्व गरेका व्यक्ति चुनाव लड्न गएका कारण पुनर्निर्माणको काम अलपत्र परेको समेत बताए । पुनर्निर्माणमा ढिलाइ भएको भन्ने प्रतिपक्षको आरोपको खण्डन गर्दै ओलीले भने- ‘न्यूट्रल गियरमा झरेको थियो, चलेको छैन भनेपनि चलेको थियो, घ्यारघ्यार गरेको थियो, त्यस ठाउँबाट गति दिन खोजिएको थियो । न्यूट्रलबाट एकैपटक पाँच गियरमा कसरी पुग्छ ?’
प्रधानमन्त्री ओलीले बाटो नबनी पुल बनेको भनेर आलोचना गर्नु अचम्म भएको बताउदै आफुले खोला भएको ठाउँमा पुल बनाएको बताए ।‘बाटो बनिसकेको छैन, खोलामाथि पुल बन्यो भनेको भएपनि बिग्रन्नथ्यो होला नि !’ उनले भने ।मेलम्चीको पानी ल्याउन सुरुङ्ग खनिएको प्रसङ्गमा ओलीले प्रश्न गरे-‘विदेशीको पैसाले पहाडमा किन प्वाल पारेको भन्ने कि काठमाडौंमा मेलम्चीको पानी आउने भयो भन्ने ?’
त्यस्तै प्रधानमन्त्री ओलीले सरकार अधिनायकवादी हुन लाग्यो भन्ने हाउगुजी फैलाइएको बताए । प्रधानमन्त्री ओलीले केटाकेटीलाई हाउगुजी देखाएकोजस्तो लोकतन्त्र जान्छ भनेर आशंका र भ्रम पैदा गरिएको बताए।
‘०३६ सालतिर केटाकेटी रोए पनि जनमत संग्रह भाँडिन्छ भन्थे। अहिले प्रधानमन्त्री गाडीमा हिँड्छ यो त अधिनायकवादको संकेत हो भन्छन्,’ प्रधानमन्त्री ओलीले भने । ‘मैले विचार गरें-कास्कीकोटको राजा गाडी चढ्दैनथे। गोर्खाका राजा पनि गाडी चढ्दैनथे। कास्कीकोटमा घोडा जान त मुस्किल पर्थ्यो। गाडी त कसरी चढोस्। हामी पनि त्यतै जान खोजेको हो?’उनले प्रश्न गरे ।
अधिनायकवाद अहिले हरेक कुरामा मिसाउन मिल्ने तरकारीजस्तो भएको बताए। ‘यो अधिनायकवाद पनि सब्जी भयो । जेमा पनि मिसिन्छ, अचम्मको,’ प्रधानमन्त्रीले भने,‘म आश्वस्त रहन आग्रह गर्दछु। लोकतन्त्रका लागि हामी लडेका छौं। किस्तीमा सजाएर कसैले दिएको लोकतन्त्र उपभोग गरेको होइन। हाम्रा शरीरमा ४५/५० वर्षदेखिका घाउ र खत अझै छन्।































प्रतिक्रिया