जेन जी आन्दोलनलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्छ : नेता पुन

जेन जी आन्दोलनलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्छ : नेता पुन

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले सबैको सोच र अवस्था बदलिएको भन्दै यसलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् ।

शुभ दीपावलीको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले आन्दोलनका नाममा शोषित, उत्पीडित, श्रमजीवि वर्गको बलिदान र उनीहरुको आकांक्षा वा भावनासँग खेलवाड गर्न नहुने बताएका हुन्।

उनले भने, ’यसलाई क्रान्तिकारीहरुले शोषित, उत्पिडित, श्रमजीवि वर्गको बलिदान र उनीहरुको आकांक्षा भावनासँग जोडेर लान सक्नुपर्छ, क्रान्तिकारी भन्नेहरुले जहिले पनि क्रान्तिकारी, बस्तुवादी, वैज्ञानिक दृष्टिकोण र सोचबाट यसलाई हेनुपर्ने हुन्छ ।’
जेन जी आन्दोलनले नेपालमा मात्र नभई विश्वभरनै तरंग मच्चाईरहेको भन्दै पुर्व अर्थमन्त्री समेत रहेका पुनले धेरै मुलुकहरुमा सत्तानै परिवर्तन भएको उल्लेख गरे ।

उनले केही तत्वहरु जेन जी आन्दोलनको मर्म र भावनाविपरित परिवर्तन उल्टाउने दाउपेच गर्दै उल्टो यात्रा गर्न खोजेको भन्दै त्यस्ता प्रवृतीलाई जनताले विश्वास गर्न नसक्ने बताए ।

जेन जी आन्दोलनले उठाएका मागहरु नेकपा माओवादीले धेरै पहिलेदेखी उठाउँदै आएको र देशमा सुशासन, भ्रष्टचार र व्यतिथीका विरुद्ध लाग्दा प्रचण्ड सरकार ढल्न पुगेको उल्लेख गरे । यस्तै पुनले वर्तमान राजनैतीक परिवेशमा आँफूलाई सच्चाएर चुनाव प्रति केन्द्रीत भएको समेत जानकारी गराए ।

Logo