प्रधानमन्त्री कार्कीले आह्वान गरेको राजनीतिक दलहरूको बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री कार्कीले आह्वान गरेको राजनीतिक दलहरूको बैठक बालुवाटारमा सुरु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।

यस्तै, नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा। प्रकाशशरण महत सहभागी छन् । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली छन् भने नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा। स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम रहेका छन् ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल पनि सहभागी भएका छन् ।

Logo