सरकारमा जेनजीको प्रतिनिधित्व गर्दै २६ वर्षीय बब्लु बने मन्त्री

सरकारमा जेनजीको प्रतिनिधित्व गर्दै २६ वर्षीय बब्लु बने मन्त्री

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रो पटक पुनर्गठन भएको छ । तेस्रो पटक गठन भएको मन्त्रिपरिषद्मा बब्लु गुप्ताले राष्ट्रपति पौडेलसमक्ष युवा तथा खेलकुद मन्त्रीको शपथ लिएसँगै सरकारमा जेन जीको प्रतिनिधित्व भएको छ ।

तेस्रो पटक विस्तार भएको मन्त्री परिषद्को सङ्ख्या प्रधानमन्त्री कार्कीसहित अब १० सदस्यीय भएको छ । देशको सत्ता पल्टाउन सफल दुई दिने जेनजी आन्दोलनको अग्रपङ्क्तिमा रहने मध्येका थिए, २६ वर्षीय सिरहाको लहान स्थायी घर भएका गुप्ता । परोपकारी समूह १०० ग्रुपसँग आबद्ध उनले घाइतेलाई अस्पतालसम्म लैजाने काममा समेत सहजीकरण गरे ।

सामाजिक अभियन्ता बब्लु गुप्ताले कोभिड महामारीमा निःशुल्क खाना र ‘कपडा बैङ्क’ अभियान सञ्चालन गरेका थिए । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीलाई पढाउने र बिरामीका लागि रक्तदान समन्वय गर्ने कार्यमा सक्रिय थिए । २०७६ चैतदेखि कोभिड–१९ सङ्क्रमणका कारण लकडाउन (बन्दाबन्दी) सुरु भयो। त्यति बेला उनले काठमाडौँको खुलामञ्चमा निःशुल्क भोजन सुरु गरेका थिए।

पछिल्लोसमय गुप्ताको समूहले प्रोजेक्ट शिक्षा परियोजना सुरु गरेको छ।

गरिब, जेहेन्दार, असहाय बालबालिकाहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउने र उनीहरूको जीवन वृत्तिमा सघाउ पुर्‍याउने ध्येयले यो सेवा सुरु गरेको उनले बताएका छन्। अहिले यो कार्यक्रमअन्तर्गत सय बढी विद्यार्थी जोडिएका छन्।

Skip This
Skip This
Logo