‘सबै वामपन्थीहरू एउटै कम्युनिस्ट झण्डामुनि गोलबन्द हुनु आजको आवश्यकता’ -प्रचण्ड

‘सबै वामपन्थीहरू एउटै कम्युनिस्ट झण्डामुनि गोलबन्द हुनु आजको आवश्यकता’ -प्रचण्ड

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका वर्तमान जटिलता, राष्ट्रिय स्वाधीनतामा देखिएका चुनौती र जनअपेक्षा पूरा गर्न सबै वामपन्थी शक्तिलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन्।

एक वक्तव्य जारी गर्दै संयोजक प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव रहेको बताएका हुन्। उनले देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको धारणा राखेका छन्।

वक्तव्यमा भनिएको छ, “यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु।”

साथै, उनले संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन्।

Skip This
Skip This
Logo