सिंगापुरमा ह्विलचेयरमा देखिए देउवा दम्पती

सिंगापुरमा ह्विलचेयरमा देखिए देउवा दम्पती

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुरमा ह्विलचेयरमा देखिएका छन् ।

गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका देउवा दम्पती सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि ह्विलचेयरमा देखिएका हुन् ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि सिंगापुर पुगेका हुन् । आन्दोलनका क्रममा घाइते भएपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।उपचारका क्रममा देउवाको टाउकोमा १२ टाँका लगाइएको बताइएको थियो ।

Skip This
Skip This
Logo