महाधिवेशनबारे छलफल गर्न एमालेले बोलायो सचिवालयको बैठक

महाधिवेशनबारे छलफल गर्न एमालेले बोलायो सचिवालयको बैठक

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ ।

एघारौँ महाधिवेशनको तयारीमा रहेको एमालेले आगामी १५ गते सचिवालयको बैठक तय गरेको हो । पोखरामा मंसिर २७-२९ मा महाधिवेशन गर्ने यसअघि नै मिति प्रस्ताव भइसकेको छ ।

सचिवालयको बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि,महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्नेछ । साथै सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ ।

Skip This
Skip This
Logo