निर्वाचन आयोगमा दल दर्ता गर्दै ‘विप्लव’ नेतृत्वको नेकपा

निर्वाचन आयोगमा दल दर्ता गर्दै ‘विप्लव’ नेतृत्वको नेकपा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएको छ ।

दल दर्ताका लागि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा पौने १ बजे दल दर्ताका लागि आयोगमा जान लागेको उक्त पार्टी एक स्थायी समिति सदस्यले केन्द्रविन्दुलाई जानकारी दिए ।

नेकपाले केही समय अघि नै स्थायी समिति कर्णजित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य एवं काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल रहने गरी ३ सदस्यीय पार्टी दर्ता गर्ने समिति बनाएको थियो ।

नेकपा नाममा यस अघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले पार्टीको नाम समेत परिवर्तन गर्ने गरी पार्टी दर्ताको तयारी रहेको छ । विप्लव समूहले २०८४ को निर्वाचनमा भाग लिनका लागि दल दर्ता र चुनाव चिन्ह प्राप्त गर्ने योजना बनाएको एक नेताले बताए ।

दल दर्तासँगै माओवादी केन्द्र लगायत माओवादी घटक अन्य दल तथा समुहसँग एकताको सम्भावना पनि कायमै छ। त्यस्तै अन्य मित्र पार्टीहरूसँग एकताको प्रयास जारी राख्ने जनाएको छ, तर निर्वाचन तयारीलाई प्राथमिकता दिएको छ।

एक नेताका अनुसार आज दिउँसो निर्वाचन आयोग पुगेर आवश्यक कागजात बुझाउने छ। यसले पार्टीको वैधानिक मान्यता र चुनाव लड्ने आधार तयार पार्नेछ।

Logo