काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको निर्णय, विधान र पद्धतिको पालना गर्नु नै समस्या समाधान गर्ने बाटाे हुने बताएका छन् । बुधबार बिहान ट्वीट गर्दै नेता रावलले त्यस्तो बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन्–‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।’
त्यस्तै उनले पार्टीभित्र देखिएको विवाद बैठकबाट मात्रै समाधान गर्न सकिनेमा जोड दिएका छन् । साथै फुट र विभाजन गरि देश र जनतालाई धोका र पार्टीप्रतिको गद्दारीमा लाग्न नहुने उनको भनाइ छ । उनले ट्वीटरमा थपेका छन्–‘बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’































प्रतिक्रिया