अध्यक्ष नेपालप्रति खनालको आक्रोश : ‘पार्टी अर्कैलाई बुझाउने भए एकता गर्नोस्’

अध्यक्ष नेपालप्रति खनालको आक्रोश : ‘पार्टी अर्कैलाई बुझाउने भए एकता गर्नोस्’

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई पार्टी फूटाएर माओवादीमा विलय हुन हुन्छ ? भन्दै प्रश्न गरेका छन् । विहिवार काठमाडौँको सुकेधारामा जारी केन्द्रीय समिती बैठक लाई सम्वोधन गर्दै खनालले अहिले एकताको समय नभई क्रान्तिकारी पार्टी निर्माणको बेला भएको बताए । उनले भने ‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस्, होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो ।’

यस्तै उनले एमालेसँग विद्रोह गरेर चार वर्षसम्म अध्यक्ष नेपाललाई साथ दिएर यहाँसम्म आएको स्मरण गराउँदै अहिले पार्टी फूटाएर माओवादीमा जान सुहाउँछ ? भन्दै प्रश्न दोहोराए ।

नेता खनालले माओवादी भित्र राजनीतिक तथा सैद्धान्तिक मतभेदहरु धेरै भएको जिकिर गर्दै माओवादीनै एक नभएसम्म एकता गर्न नहुने बताए । पार्टी कार्यालय तोडफोड भएको र पार्टी चलाउन समस्या भएको कारण पार्टी छाड्न खोजेको हो भने केही भन्नु छैन भन्दै नेपाल लाई इंकित गरे ।

जेन जी आन्दोलनका सवालमा अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा आएका विषयहरु सतही भएको टिप्पणी गर्दै खनालले त्यसको कुनै गहिराई नभएको जिकिर गरे । विगतमा नेकपाको सरकार हुँदा यता राम्रो काम गर्न नसकेकोले देशले वर्तमान दुर्शशाको सामना गर्नुपरेको बताए ।

खनालले अध्यक्ष नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको अवस्थामा पार्टी अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिए । ‘त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौ । तसर्थ उहाँले अध्यक्षबाट राजीनामा दिनुपर्छ’, खनालको भनाइ थियो ।

Skip This
Skip This
Logo