पार्टी एकता अहिलेको आवश्यकता भएको उपाध्यक्षद्धय खतिवडा र पाण्डेको निष्कर्श

पार्टी एकता अहिलेको आवश्यकता भएको उपाध्यक्षद्धय खतिवडा र पाण्डेको निष्कर्श

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी एकता अहिलेको आवश्यकता भएको बताएका छन् । विहिवार काठमाडौँको सुकेधारामा जारी केन्द्रीय समिती बैठक लाई सम्वोधन गर्दै उनले बर्तमान परिस्थितीमा बाम एकताको खाँचो औँलाएका हुन् ।

खतिवडाले विचार मिल्ने शक्तिहरुसँग एकता गर्न पछाडी हट्न नहुने धारणा राखेका हुन् । यतिबेला नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) पार्टी एकताका बारेमा बहस चलिरहेको छ ।

यस्तै अर्का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी एकता गर्दा संविधान संशोधनको विषयलाई ध्यानमा राखेर गरे औचित्यपुर्ण हुने धारणा व्यक्त गरे । पाण्डेले पार्टी सकिन लागेको र चलाउन गाह्रो भैरहेको अवस्थामा पार्टी एकता गर्नु समाजवादी लाईनै फाइदा हुने धारणा व्यक्त गरे । उनले भने ‘त्यतिकै गरिने एकताले परिणाम ल्याउँदैन, त्यो थाहा छ तर अब आफ्नो पार्टी पनि नचलाउने, एकता पनि नगर्ने भनेर कहाँ पुगिन्छ र? भन्दै प्रश्न समेत गरे ।

Logo