मध्यरातमा मेयर बालेनको आपत्तिजनक स्टाटस आएपछि…

मध्यरातमा मेयर बालेनको आपत्तिजनक स्टाटस आएपछि…

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलबाट आपत्तिजनक र विवादास्पद स्टाटस पोस्ट गरेपछि चौतर्फी आलोचना र बहस सुरु भएको छ ।

मेयर शाहले शनिबार मध्यरातमा ‘अशिष्ट, उत्तेजक वा गैर-जिम्मेवार’ अभिव्यक्ति दिएका थिए। स्टाटसमा अमेरिका, भारत र चीन तथा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध गरिएकाे थियाे । उनले लेखेका थिए, ‘तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौँ ।’

स्टाटसमा आपत्तिजनक अंग्रेजी शब्द प्रयोग गरिएकाे थियाे ।

मेयरको स्टाटसले सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रयोग गर्न नहुने ‘आपत्तिजनक भाषा र गैर-जिम्मेवार अभिव्यक्ति’ प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि तत्कालै हटाइएकाे थियाे ।

Skip This
Skip This
Logo