कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित, अर्को बैठक कात्तिक १८ गते

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित, अर्को बैठक कात्तिक १८ गते

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आजको लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएको हो। अब अर्को बैठक १८ गते मङ्गलबार बस्ने भएकाे छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

यसअघि पनि शुक्रबारको बैठक यसरी नै स्थगित गरिएको थियो ।

कांग्रेसमा वर्तमान सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयमा बहस जारी छ ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए । गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पती साङ्घातीक हमलामा परी गम्भीर घाइते भएका थिए । उनीहरु अहिले थप स्वास्थ्य उपचारका लागि सिङ्गापुरमा छन् ।

Logo