काठमाडौँ । नेकपा (एमाले) ले युवा स्वयंसेवक टोली ‘युथ भोलेन्टियर फोर्स ’ गठन गरेको छ । आइतबार भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रको विशेष बैठकले यो फोर्सको औपचारिक गठनको घोषणा गरेको हो । कार्यक्रकमा प्रमुख अतिथी पार्टी अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य को उपस्थिती रहेको बताईएको छ ।
कार्यक्रममा नेता महेश बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै यो फोर्सका लागि आधारभूत आचारसंहिता तयार पारिएको जानकारी दिए । उनले भने, ‘भक्तपुरबाट सुरु भएको यो अभियान ललितपुर, काठमाडौँ, काभ्रे र रामेछाप जस्ता जिल्लामा चाँडै विस्तार हुनेछ । मधेशदेखि हिमालसम्मका सहयोगी संस्थाहरूको साथमा यो सम्भव भएको छ ।’
बस्नेतका अनुसार दुई महिनायता गुण्डु क्षेत्रमा २,००० भन्दा बढी युवा स्वयंसेवक परिचालित छन्, जसले स्थानीय सुरक्षामा योगदान दिइरहेका छन् । ‘कुनै गुनासो नआएको र सबै सन्तुष्ट छन्,’ उनले थपे । यसमा युवा संघ, भूपू सैनिक संघ र एमालेका स्थानीय इकाइहरू सक्रिय छन् । पुष्प श्रेष्ठ र अमित पौडेलजस्ता नेताहरूले समन्वयको भूमिका निर्वाह गरिरहेका छन् ।
नेता बस्नेतले यो टोलीले अब सबै प्रकारका अशान्ति र अराजकताविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरे ।































प्रतिक्रिया