निर्वाचन आयोगले प्रचण्ड–नेपाल पक्षका लागि अर्काे बैठक बाेलाउने

निर्वाचन आयोगले प्रचण्ड–नेपाल पक्षका लागि अर्काे बैठक बाेलाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

निर्वाचन आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष सहभागि नभएपछि पुनः अर्को बैठक आयोजना गर्ने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड–माधव पक्षले सहभागीता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको छ । शुक्रबार प्रचण्ड–माधव पक्षले अध्यक्षद्वय कार्यक्रमको शिलशिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भएपनि १८ गतेसम्म उपस्थित हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको उनको भनाइ छ । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले निर्वाचनको तयारीको सम्बन्धमा हालसम्म गरेका प्रगतिको बारेमा जानकारी गराएको र निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तयारी गरेको तथा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आयुक्त पौड्यालले निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरुबाट उपयुक्त राजनीतिक वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसको जिम्मेवारी राजनीतिक दलको नै भएको स्पष्ट पारेको प्रवक्ता श्रेष्ठको भनाई छ । आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने आयुक्त पौडेलले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Skip This
Skip This
Logo