भात छाड्ने तर मोबाइल छाड्न नसक्ने लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरे -शंकर पोखरेल

भात छाड्ने तर मोबाइल छाड्न नसक्ने लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरे -शंकर पोखरेल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले युवा पुस्तामा बढेको मोबाइल र सूचना प्रविधिको लतलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सामाजिक सञ्जालको लतमा युवाहरूलाई जेनजी आन्दोलनका नाममा गलत तत्त्वले दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

युवाहरू भात छाड्न सक्ने, मोबाइल नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले यसरी लतमा परेका युवालाई राजनीतिक र अन्य स्वार्थ पूरा गर्न दुरुपयोग गरिएको टिप्पणी गरे । यद्यपी यसको अत्यधिक प्रयोगले युवाहरूमा नकारात्मक असर परिरहेको र यसलाई तत्कालीन सरकारले बेलैमा बुझ्न नसकेको पनि उनको भनाइ छ ।

सरकार युवा र प्रविधिमैत्री भए पनि त्यसलाई युवाले बुझ्न नसकेको पोखरेलले बताए। सूचना प्रविधि मार्फत युवालाई गलत बाटोमा लैजाने काम निक्कै घातक भएको उनले बताए। यसबाट युवालाई लागुऔषधको दुर्व्यसनमा पनि फसाउने प्रयास भएको र त्यसबाट युवालाई बाहिर निकाल्नुपर्ने पोखरेलको धारणा छ।

पोखरेलले भने- ‘जेनजी युवाले राज्य ध्वस्त बनाउने भन्ने कुराको कल्पना गर्न सकिँदैन। जसले त्यो काम गरे, उनीहरू राष्ट्रका अपराधी हुन् भन्ने बुझ्नुपर्छ र पहिचान गरी कारबाही गर्नुपर्छ।’

सरकारले जेनजी आन्दोलन र आन्दोलनको नाममा भएको अपराधलाई एउटै ठाउँमा राखेर हेरेको आलोचना पोखरेलले गरे। उनले भने, ‘अहिलेको सरकार अपराध र आन्दोलन छुट्याउन पूर्ण असफल छ। आन्दोलनलाई सम्बोधन गर्न सकिन्छ, तर अपराधलाई दण्डित गर्नुपर्छ। आन्दोलन र अपराधलाई छासमिस गर्नु उपयुक्त होइन, त्यसैले निष्पक्ष छानबिन हुनु जरुरी छ।’

Skip This
Skip This
Logo