नेता डा. सुनिल शर्माको चुनौती- फागुन २१ मा चुनाव भए राजनीतिबाट सन्यास लिन्छु

नेता डा. सुनिल शर्माको चुनौती- फागुन २१ मा चुनाव भए राजनीतिबाट सन्यास लिन्छु

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले अहिलेको सरकारले फागुन २१ मा भयावहरत तरिकाले चुनाव गराउन नसक्ने दावी गरेका छन् ।

विभिन्न राजनीति दलका नेताहरु र जेनजी प्रतिनिधिबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा भएको अन्तर्क्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै उनले भने,‘हामी चुनाव चाहन्छौं । तपाईं चुनाव गराउन सक्नुहुन्छ । तर अहिलेको सरकारमा बस्नेले फागुन २१ मा भयावहरत तरिकाले चुनाव गर्न सक्नुहुन्छ ? त्यो सम्भव छैन । यदी भएको खण्डमा म राजनीतिबाट सन्यास लिन्छु ।’

चुनावमा जाने हो भने हिजो २३ र २४ को घट्ना नदोहोरियोस् भन्नको लागि फेरि हाम्रा बच्चाले रगत नबगाउन भन्नको लागि पहिले उठेका मुख्य माग अहिले नै सम्बोधन गरेर जानुपर्ने उनको भनाइ छ । हिजो भएको घटना नदोहोरियोस् र रगत बगाउन नपरोस् भन्नको लागि पहिले उठेका मेजर माग अहिले नै सम्बोधन गरेर जानुपर्ने उनले बताए ।

Logo