शुद्ध चित्तले कर्म गरिरहनुकाे विकल्प छैन, सुशासनमार्फत निर्वाचनसम्म देश डोर्‍याउँछौँ -गृहमन्त्री अर्याल

शुद्ध चित्तले कर्म गरिरहनुकाे विकल्प छैन, सुशासनमार्फत निर्वाचनसम्म देश डोर्‍याउँछौँ -गृहमन्त्री अर्याल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशलाई सुशासनको बाटो हुँदै निर्वाचनसम्म डोर्‍याउने वर्तमान सरकारको मुख्य अभिभारा रहेको बताएका छन् ।

गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै उनले भनेका छन्- ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन ।’

गृहमन्त्री अर्यालले आफ्नो कार्यकालको अन्तिममा जनतालाई धैर्यताका निम्ति धन्यवाद दिने वाचा पनि गरेका छन् । “पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ,” उनले भनेका छन् ।

Logo