काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई अविलम्ब पदबाट हटाउनुपर्ने माग राखेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गरिरहेका बेला, स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नुको औचित्यमाथि पोखरेलले प्रश्न गरेका हुन्।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्- ‘प्रधानमन्त्री सुशिला कार्कीले चुनावका लागि गैरदलिय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?’
ऊर्जामन्त्री घिसिङको अगुवाइमा ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेको सन्दर्भमा एमाले महासचिवको यो अभिव्यक्ति आएको हो। गैरदलीय चुनावी सरकारमा राजनीतिक दल खोल्ने र चुनावमा जाने तयारीमा रहेको व्यक्ति मन्त्री पदमा रहनु आचारसंहिता र नैतिकताको हिसाबले नमिल्ने तर्क पोखरेलले गरेका छन्।





























प्रतिक्रिया