सर्वोच्च अदालतले तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई माफी दिनुपर्नाको कारण २४ घण्टाभित्र पेश गर्न सरकारलाई आदेश दिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माफीको प्रक्रिया रोक्न माग गर्दै दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजालसले शुक्रवार यस्तो आदेश गरेको हो । न्यायाधीश कार्कीको एकल इजालसले आइतवार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अरोपमा उनी अहिले जेलजीवन बिताईरहेका छन् ।





























प्रतिक्रिया