विद्यार्थी यूनियनद्वारा आन्दोलनको घोषणा

विद्यार्थी यूनियनद्वारा आन्दोलनको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनमा यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । यूनियनले सरकारको कदम नसच्चिदासम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीहरुलाई सहभागीता जनाउन अपिल समेत गरेको छ । माघ १६ गते शहीद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने, माघ २९ गते सुरक्षा प्रमूख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, मान्त्रीहरुका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

यस्तै माघ २१ गते सबै क्याम्पस अगाडि कालो झण्डा सहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र यूवामार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने लगायतका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

यस्तै कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नुपर्ने लगायतका माग पनि यूनियनले राखेको छ । लिपुलेक, लिम्पयाधुरा सहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सूचारु गर्न दावावमुलक कार्यक्रम गर्ने, कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दवाव दिने, अहिलेसम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फर्ता गर्न दबाव दिने, शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्ने लगायतका माग राखेर विरोध प्रदर्शन घोषणा समेत गरेको छ ।

Logo