राष्ट्रियसभा अन्तर्गत दुई समितिको बैठक बस्दै

राष्ट्रियसभा अन्तर्गत दुई समितिको बैठक बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने तय भएको छ ।

सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ ।

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ः०० बजे बस्ने तय भएको छ ।

Skip This
Skip This
Logo