कोरोनालाई जित्न कडा अनुशासनमा बसौँ– शहरी विकास मन्त्री श्रेष्ठ

कोरोनालाई जित्न कडा अनुशासनमा बसौँ– शहरी विकास मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना विरुद्धको लडाइ जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गरेका छन् । सोमबार शंखधर शाख्वाको शालिकमा माल्र्यापणपछि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेका हुन् ।

कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । उनले भने–‘एक आपसमा नजिकबाट कुरा गर्न चाहान्छाँै । तर टाढाटाढा बस्नुपर्ने अवस्था छ । टाढा बस्दा पनि मुख छोप्नुपर्ने अवस्था छ । सँगै हिडेको साथीलाई नचिनेर एकछिन मास्क खोल्नुहोस न भन्नुपर्ने बाध्यता छ । कोभिडसँग जुध्न कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जरुरी छ । सकभर कोरोनाबाट जोगिने संक्रमण भइहाल्यो भने पनि नआत्तिने । अब कोरोना सँगै यात्रा गर्नुपर्छ तर नभेटिने गरी ।’

त्यस्तै उपत्यका मेयर फोरमका सचिव समेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले चाडवाड मनाउन घर गएकाहरु उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको बताए । उनले मंसिर महिनालाई अत्यन्त जोखिमयुक्त महिनाको रुपमा लिएर गम्भीरताका साथ काम गर्नुपर्नेमा जोड दिए । केही दिनअघि उपत्यका मेयर फोरमले सरकारलाई छठपछि कडा लकडाउन जारी गरी उपत्यकामा बढ्दो संक्रमणको दरलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको थियो । आज देशभरी नै नेपाल संवतलाई स्वागत गर्दै राष्ट्रिय विभूति शंखधर शाख्वाको सम्झना गरिएको छ । माल्र्यापण कार्यक्रममा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले उनको सम्मानमा सरकारले रोजगारीमुलक र विकासका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताएका थिए ।

नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर शाख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुआत गरेका थिए । विसं २००७ सालमा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । विसं २०५६ सालमा शाख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

Skip This
Skip This
Logo