कांग्रेस नेता डा. शर्माद्वारा ‘भ्रामक’ दाबीहरूको खण्डन, तथ्यमा आधारित सूचनामात्र प्रवाह गर्न आग्रह

कांग्रेस नेता डा. शर्माद्वारा ‘भ्रामक’ दाबीहरूको खण्डन, तथ्यमा आधारित सूचनामात्र प्रवाह गर्न आग्रह

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा. सुनीलकुमार शर्माले आफ्नो नाम र अभिव्यक्तिहरूलाई जोडेर सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका ‘भ्रामक, अपुष्ट र मनगढन्ते’ दाबीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत नै उनले सम्मानित अदालत, संविधान र लोकतान्त्रिक राजनीतिक व्यवस्था जस्ता संवेदनशील विषयहरूमा समेत आफ्नो भनाइ तोडमोड गरी प्रस्तुत गर्ने प्रवृत्ति देखिएकोमा गहिरो चिन्ता व्यक्त गरेका हुन् ।

नेता शर्माका अनुसार यस्ता अनर्गल गतिविधिहरूले केवल व्यक्तिको प्रतिष्ठामाथि मात्र नभई, देशको लोकतान्त्रिक संरचना र सार्वजनिक विश्वासमाथि पनि प्रत्यक्ष प्रहार गर्ने बताउनुभएको छ।

उनले सबै सरोकारवालाहरू र सञ्चारकर्मीहरूलाई तथ्यमा आधारित सूचनालाई मात्र मान्यता दिन र अपुष्ट वा मनगढन्ते सामग्रीहरू प्रसारित नगरिदिन विनम्र आग्रह गरेका छन् ।

“म सत्यनिष्ठा, पारदर्शिता र लोकतान्त्रिक आस्थाको सिद्धान्तमा अटल छु, र तपाईँहरूको माया र निरन्तर समर्थन नै मलाई अघि बढाउने सबै भन्दा ठूलो प्रेरणा हो,” विज्ञप्तिमा उल्लेख छ।

Logo