रास्वपासँगको एकीकरणमा नजाने मिलन पाण्डेको घोषणा

रास्वपासँगको एकीकरणमा नजाने मिलन पाण्डेको घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नयाँ राजनीति सुरु गर्ने भन्दै विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकतामा नजाने भएका छन् ।

२०७० सालबाट विवेकशीलको राजनीतिमा प्रवेश गरेका पाण्डेले सामाजिक सञ्जालमार्फत आफू रास्वपासँग एकीकरणमा नजाने घोषणा गरेका हुन् । उनले अब केही समय ‘कुलिङ पिरियड’ लिने सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् । पाण्डेले अब आफूले नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने बताएका छन्।

एकीकरणमा जाने नेताहरुलाई शुभकामना व्यक्त गर्दै उनले आफु भने आफू त्यसमा सामेल नहुने र अब स्वतन्त्र भएको बताएका छन् । उनले लेखेका छन्, ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो।’

एकताको सहमति गरिसकेका विवेकशील साझा र रास्वपाबीच आज राष्ट्रियसभा गृहमा औपचारिक एकता घोषणा हुँदै छ । गत बुधबार बसेको विवेकशील साझाको केन्द्रीय समितिको बैठकले रास्वपासँग एकताको निर्णय गरेको थियो।

Logo