आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले निवेदन दिएका छन् ।

यही मङ्सिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएकामा पछि चार दिन समय थप गरिएको थियो । उक्त समय अर्थात् आइतबारसम्म एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी १२० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्राप्त निवेदनलाई जाँचबुझ गरी यही मङ्सिर २० गतेभित्र आयोगबाट स्वीकृति दिइने कार्यतालिका रहेको छ ।

Skip This
Skip This
Logo