मेयर बालेनसँग भेट्दै कुलमान घिसिङले भने- देश बनाउने अभियानमा सँगै छौं

मेयर बालेनसँग भेट्दै कुलमान घिसिङले भने- देश बनाउने अभियानमा सँगै छौं

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्।

उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङले बालेनसँगको भेटको तस्बिर आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य गर्ने बताएका छन्।

उनले लेखेका छन्, “देश बनाउने अभियानमा हामी सँगै छौं।”

बालेन शाहको सचिवालय स्रोतका अनुसार यो भेट शनिबार बालेनको निवासमै भएको थियो। दुवै नेताबीच देशको समसामयिक राजनीतिक अवस्था र विकासका एजेन्डामा छलफल भएको बुझिएको छ।

Logo